बार्सिलोना ला लिगको उपाधि नजिक

एजेन्सी । स्पेनिस महारथी क्लब बार्सिलोना ला लिगको उपाधि नजिक पुगेको छ । शनिबार राती भएको खेलमा दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना उपाधि नजिक पुगेको हो ।

घरेलु मैदानमा बार्सिलोनाको जितका लागि कप्तान लियोनल मेस्सी र लुईस स्वारेजले एक एक गोल गरे । सुरुवाती समय देखीनै आक्रमक खेल प्रस्तुत गरेपनि बार्सिलोनाले खेलमा गोल गर्न लामै समय कुर्नु पर्यो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलको दोस्रो हाफमा पनि अन्त्य तिर बार्सिलोनाले गोल गर्दै खेल आफ्नो पक्षमा परेको हो ।

खेलको ८५ औं मिनेटमा स्वारेजले गाले गर्दै भरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसको एक मिनेट नबित्दै कप्तान मेस्सीले गोल गरेपछि बार्सिलोना एट्लेटिको सँग २–० ले विजयी भएको हो । खेलको २८ औ मिनेटमा डिएगो कोस्टा रातो कार्ड खादै मैदान बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा सिमित बनेको थियो । जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ । शीर्ष स्थानको बार्सिलोनाले ३१ खेलबाट ७३ अंक जोडेको छ । पराजित तथा दोस्रो स्थानमो एट्लेटिकोको ६२ अंक छ ।