रियलको संघर्षपूर्ण जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले इबरमाथी संघर्षपूर्ण जित निकालेको छ । शनिबार भएको खेलमा रियलले इबरमाथि २.१ गोल अन्तरको संघर्षपूर्ण जित निकालेको हो ।

घरेलु मैदानमा सुरुवाती पछि परेको अवस्थालाई उल्टाउँदै रियलले जित आफ्नो नाममा गरेको हो । रियलको जितमा करिम बेन्जिमा नायक बने । उनले दुई गोल गरे । यता इबारका लागि मार्क कार्डोनाले एक गोल गरे ।

खेलको ३९ औं मिनेटमा मार्क कार्डोनाले गोल गर्दै इबरलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो हाफमा इबारले १(० गोलको अग्रता बनाएपनि दोस्रो हाफमा गोल गर्न नसकदा पराजित हुन पुग्यो ।

खेलको ५९ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई खेलमा फर्काए । त्यसपछि खेलको ८१ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २.१ को महत्वपूर्ण जित दिलाए । यसजितसँगै रियलले ३१ खेलबाट ६० अंक जोडेको छ । पराजित इबर ३९ अंक जोडेर ११ औं स्थानमा छ ।