धेरै माया गर्छु भन्नेलाई सिर्जनाको जवाफ

काठमाडौं । पछिल्लो समय रुचाइएकी गायिका सिर्जना कार्कीले धेरै माया गर्नुभन्नेलाई गीतबाट जवाफ दिएकी छन् । ‘धेरै धेरै’ बोलको गीतको म्युजिक भिडियो हालै उनले आफ्नै युटुबमार्फत सार्वजनिक गरेकी हुन् ।

‘मनको राजा’, ‘माया’ लगायत गीतबाट स्रोताले मन पराएकी गायिकाले पछिल्लोपटक धेरै धेरै बोलको आधुनिक शैलीको गीत ल्याएकी हुन् । उनले गीतमा धेरै माया गर्छु भन्ने तर पछि आफ्नै कुरा काट्नलेलाई गीतमा जवाफ दिएकी छिन् ।

राजुबाबु श्रेष्ठको शब्दमा हरि लम्सालको संगीत भरेको गीतको भिडियोमा ह्यान्ड टु ह्यान्ड क्र्युको साथमा गायिका सिर्जना आफैले अभिनय गरेकी छन् । गीतको भिडियो राम कुमार केसी खिचेका हुन भने कोरियोग्राफी र निर्देशन राज महर्जनले गरेका हुन् । भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।
श्रोता र दर्शकको प्रतिकृयाले आफूलाई उत्साहित मात्रै होइन आगामी दिनमा अझ उत्कृष्ठ संगीत पस्कन आफूलाई प्रेरणा मिलेको बताउछिन् ।