‘तिमी आयौ’मा आश्मा

काठमाडौं÷ गायक एकदेव लिम्बूको नयँ“ गीत ‘तिमी आयौ’ को भिडियो सार्वजनीक भएको छ । सत्य घटनाबाट प्रभावित रहेको गीतको भिडियो गायक लिम्बूले आफ्नो युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

अभिनेत्री, मोडल आश्मा गिरीको एकल अभिनय रहेको भिडियोलाई दर्शकले मन पराएका छन् । शर्मिला लिम्बूले लेखेको गीतको भिडियो बियोन्डले निर्देशन गरेका हुन् ।

\झोले प्रकाशनको छायांकन र सम्पादन छ । गीत राम्रो र मर्मस्पर्सी लागेकाले अभिनय गरेको अभिनेत्री आश्मा बताउँछिन् । आश्माले ‘ड्रिम गर्ल’ फिल्मबाट अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन् ।