‘प्रधानसेनापतिज्यू वर्षात्अघि नै घर बनाइदिनूस्’

बारा । बारा–पर्साका आँधी–हुरी पीडितहरूले आउने वर्षात्अघि नै घर बनाइदिन नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग आग्रह गरेका छन् । सोमबार हावाहुरीबाट प्रभावित बारा र पर्साका गाउँहरूको स्थलगत निरीक्षण गर्नुभएका प्रधानसेनापति थापासँग उनीहरूले यस्तो आग्रह गरेका हुन् ।

फेटा गाउपालिका ६ पुरैनियाका अमरुद्दिन देवानले बर्षाअघि नै स्थायी घर बनाइदिन प्रधानसेनापति थापालाई अनुरोध गर्नुभयो । ‘बर्षाअघि घर बन्न नसके पीडितको बिचल्लि हुने बताउँदै उहाँले भन्नुभयो–सरकारले घर बनाउने जिम्मा दिएपछि समयमै काम पुरा हुने विश्वास पलाएको छ ।’

हेलिकप्टरबाट दिउँसो बाराको फेटा गाउँपालिका १ भलुही भरवलीया र वडा नम्बर ६ पुरैनियामा पुग्नुभएका प्रधानसेनापति थापाले हुरी प्रभावितलाई भेटेर घर बनाउन जतिसक्दो छिटो जग्गा उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । उहाँले दुई महिनाभित्रै घर बनाएर पीडितलाई हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

‘लाजपूर्जा भएको नम्बरी जग्गा नभएका पीडितहरूका लागि भने सामूहिक आवास बनाउने योजना छ’, उहाँले भन्नुभयो, ‘जसको नम्बरी जग्गा छ, त्यसको विवरण हामीलाई छिट्टै उपलब्ध गराइदिनुस् । याे समाचार आजको नेपाल समाचार पत्रमा छ ।