प्रदेश राजधानी धनगढीमै राख्नु पर्ने माग गर्दै प्रदर्शन

धनगढी । प्रदेश नम्बर ७ को राजधानी र नामाकरणमा असहमति जनाउँदै धनगढीमा प्रदर्शन भएको छ । नागरिक समाजको अगुवाइमा प्रदेश संसदको भवन रहेको स्थान बाहिरको सडकमा सर्वसाधरणले टायर बालेर विरोध गरेका हुन् ।

सांसद तारा लामा तामाङ नेतृत्वको संसदीय समितिले प्रदेश सातको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिकामा राख्न सिफारिस गरेपछि धनगढी वासिमा असन्तुष्टि देखिएको हो ।

संसदमा भने प्रदेश सातको राजधानी र नामबारेमा छलफल भइरहेको छ ।