उपत्यकाभित्रै दिउँसै खुकुरी देखाएर लुटपाट

साँखु । जोरपाटीको चामुण्डा गेटस्थित पाथीभरा मनि ट्रान्सफरको पैसा मंगलबार दिउँसै लुटपाट भएको छ । मनि ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठको झोलामा राखिएको तीन लाख २० हजार लुटपाट भएको प्रहरीले जनाएको छ ।

पीडितले काठमाडौँको जोरपाटीस्थित नविल बैंकबाट पैसा निकालेर मनि ट्रान्सफर पुगेपछि सटर खोलेर सफा गर्ने क्रममा एक्कासी भित्र छिर्दै तीन जनाको समूहमा आएका लुटेराले खुकुरी देखाउँदै झोला थुतेर भागेका थिए ।

महानगरीय प्रहरी वृत बौद्धका प्रहरी निरीक्षक प्रदीप पौडेललेका अनुसार घटनाको थप अनुसन्धानका साथै लुटेराको खोज तलास जारी छ ।