बार्सिलोनाको एक कठीन परिक्षा आज

एजेन्सी- म्यानचेस्टर युनाइडे र बार्सिलोना च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती क्वाटरफाइनलको पहिलो लेगमा आमने सामने हुँदै छन् । युनोइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेलमा बार्सिलोनाको जित्ने सम्भावना बढी भएको बार्सिलोनाका पुर्व खेलाडी आन्द्रे इनिस्टाले बताएका छन् ।

तर, युनाइटेडले प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा पेरिस सेनट जर्मन (पिएसजी)लाई पराजित गर्दै सनसनी मच्चाएको थियो । युनाइटेडले पिएसजीलाई पराजित गर्दै च्यामिपयनस लिगमा आफु कमजोर नभएको संकेत देखाएको छ । इनिस्टाका अनुसार बार्सिलोनाका लागि एक कठिन परिक्षा भए पनि बार्सिलोनासँग उत्कृष्ट खेलाडी भएकाले खेल आफ्नो पक्षमा पार्न सक्ने सम्भावना धेरै रहेको बताएका छन् । पुर्व बार्सिलोना मिडफिल्डर इनिस्टाले हरेक कोही एक कठिन खेलको आसा गर्ने बताएका छन् ।

‘म्यानचेस्टर युनाइटेडले पहिरला नै पिएसजीसँग आफ्नो खेल कौतुहलता देखाएको छ । जहाँ युनाइटेडलाई सहन रुपमा लिन सकिदैन् ।’ इनिस्टाले भने, ‘तर, बार्सिलोना अहिले आफ्नो सर्वश्रेष्ठ लयमा छ । त्यसैले बार्सिलोनासँग खेल जित्ने बलियो आधार छ । २००८ मा युनाइटेडले बार्सिलोनालाई १-० गोल अन्तरले पराजित गरेको थियो । पहिलो लेगमा गोल रहित बराबरी भएपछि दोस्रो लेगमा १-० ले पराजित गरेको थियो ।