टोटनहामसँग सिटी पराजित

एजेन्सी- मंगरबार राती भएको च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी पराजित भएको छ । टोटनहामको घेरेलु मैदानमा भएको खेलमा सिटी १-० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन खेलको एक मात्र निर्णायक गोल सन ह्युङ मिनले गरे । सनको उक्त एक मात्र निर्णाय गोलको मद्दतले टोटनहामले दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ । उनले पहिलो हाफ गोल गहित बराबरी भएके खेलको दोस्रो हाफमा गोल गरेका थिए । सनले खेलको ७८ औ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन ।  यसअघि सिटीका रहिम स्टर्लिङको प्रहारमा डि-भित्र टोटेनहमका खेलाडीले फाउन गरेपछि सिटीले पेनाल्टी अवसर पाएको थियो ।

तर, उक्त अवसरलाई सर्जियो अग्युरोले सदुपयोग गर्न नसक्दा सिटी अग्रता लिनबाट चुकेको थियो ।  उनको पेनाल्टी प्रहारलाई टोटेनहामका गोलकिपर ह्युगो लोरिसले उत्कृष्ट बचाउ गरेक थिए । अब दोस्रो लेग १७ अप्रिलमा सिटीको घरेलु मैदान ईतिहादमा हुनेछ ।