कोलकातालाई पराजित गर्दै चेन्नाई शीर्ष स्थानमा

एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नई सुपर किङ्स कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नाइको घरेलु मैदानमा सोमबार राती भएको खेलमो चेन्नाईले कोलकातालाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।

कोलकातालो दिएको १ सय ९ रनको लक्ष्य पछ्याएको चेन्नईले १७.२ ओभरमा मात्र ३ विकेट गुमाएर उक्त लक्ष्य भेट्टायो । चेन्नईको जितका लागि डु प्लेसिसले अविजित ४३ रन जोडे । उनले ४५ बल खेल्दै तीन चौकाको मद्दतमा ४३ रन जोडेका हुन्। त्यस्तै अम्बाती रायाडुले २१ रन जोडे । ३१ बल खेलेका रायाडुले दुई चौका प्रहार गरे । सेन वाट्सनले १७, सुरेश रैना १४ जोड्दा केदार यादवले ८ रन जोडे । कोलकत्ताका सुनिल नारिनेले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो ।

४४ रनमा ५ विकेट गुमाएको अवस्थामा मैदान प्रवेश गरेका कोलकाताका आन्द्रे रसेलले अविजित ५० रनको अर्धशतकीय पारी खेले पनि टोलीके जितका लागि प्रयाप्त भएन् । उनकै अर्धसतकको मद्दतले कोलकाताले चेन्नई सामु सम्मान जनक लक्ष्य प्रस्तुत गरेको थियो । उनले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५० रन जोडेका थिए । त्यस्तै कप्तान दिनेस कार्तिकले १९, रोबिन उथप्पाले ११ रन जोड्दा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । चेन्नईका दिपक चाहरले ३ विकेट लिए । यस्तै हरबजन सिंह र इमरान ताहिरले समान २-२ विकेट लिए ।