सिराहमा प्रसूति अस्पताल निमार्ण

सिराहा । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले सिराहामा चन्द्र नारायण यादव मेमोरियल प्रसूति अस्पतालको उद्घाटन गरेका छन् । राजनीतिक तथा सामुदायिक अगुवा, नेपाली कांग्रेस केन्द्रीय सदस्य, कोषाध्यक्ष तथा चन्द्र नारायण मेमोरियल ट्रस्टका अध्यक्ष सीता देवी यादवलगायत उद्घाटन समारोहमा उपस्थित थिए ।

सिराहा जिल्ला र यस वरिपरिका ५० गाउँपालिकाका जनताको मातृत्व तथा स्वास्थ्य सेवामा पहुँच
प्रदान गर्ने उद्देश्यले अस्पताल निर्माण गरिएको हो। गुणस्तरिय मातृत्व तथा बाल स्वास्थ्यमा आधारित न लाभ÷न घाटा सिद्धान्त अन्तर्गत चन्द्र नारायण यादव मेमोरियल ट्रस्टद्वारा अस्पताल सञ्चालित छ ।

२५ श्या भएका्े नव निर्मित मातृत्व अस्पताल भवन भारतीय सरकारको २.६९ करोड अनुदान सहयोगमा निर्माण भएको हो । परियोजनामा चिकित्सकीय उपकरणहरु अल्ट्रासाउण्ड, एक्स–रे, ब्लड बैंक, इमरजेन्सी, माइनर ओटी, ३ वटा डाक्टर कक्ष, १ वटा नर्स कक्ष, भण्डारण कक्ष, प्रशासन, लेखाशाखा र भुइँ तल्लामा शौचालय तथा आइसीयु, सीसीयु र मेजर ओटीछन ।