२०२० का लागि डीभीको आवेदन असोज १७ देखि खुल्ने

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डि.भी) कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ ।

आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ ।

आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई.डि.भी) आवेदन फारम भर्न सकिने छ ।

आवेदन दर्ता गर्दा पतिरपत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ ।