मुम्बईसँग पन्जाव पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इन्डियन्सले किङ्स इलाभेन पन्जावलाई पराजित गरेको छ । बुधबार राती भएको खेलमा मुम्बईले पन्जावलाई ३ विकेटले पराजित गरेको हो ।

पन्जाबले दिएको १ सय ९८ रनको ठुलो लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । मुम्बईको जितका लागि केइरन पोलार्डले अर्धशतकीय पारी खेले । उनले आक्रमक ब्याटिङ गर्दै उत्कृष्ट ८३ रनको अर्धसतकीय पारी खेलको हुन् । पोलार्डले ३१ बलमा १० छक्का र ३ चौका प्रहार गरे । त्यस्तै क्विनटन डी ककले २४, सुर्य कुमार यादवले २१, हार्दिक पाण्डया १९ तथा सिद्देश लाड र अल्जारी जोसेफले समान १५–१५ रन जोडे ।

पन्जावका लागि मोहमद शामीले ३ विकेट लिए ।  यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो । पन्जावका लागि लोकेश राहुलले शतकीय पारी खेले पनि टोलीको जितका लागि प्रयाप्त भएन् । राहुलले अविजित रहदै १०० रनको योगदान दिए । यस्तै क्रिस गेलले ६३ रनको अर्धशतकीय पारी खेले । मुम्बईका लागि हार्दिक पाण्डयाले २ विकेट लिए ।