युभेन्टसले आयाक्ससँग बराबरी खेल्यो

एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्ट्स र डच क्लब आयाक्स बराबरीमा रोकिएका छन् । बुधबार राति भएको खेलमा युभेन्ट्स र आयाक्स १–१ गोलको बराबरीमा रोकिएका हुन् ।

आयाक्सको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता भने युभेन्ट्सले लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा युभेन्ट्सले सुरुवाती अग्रता लिएको हो । खेलको ४५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै ट्पाहुनो टोलीलाई सुरुवाती अग्रता दिलाए । उनले जोआओ कान्सेलोको पासमा डाइभिङ हेड गोल गरेका थिए । तर, दोस्रो हाफ सुरुभएको १ मिनेट नबित्दै आयाक्सले बराबरी गोल फर्काएको थियो । खेलको ४६ औं मिनेटमा डेभिड नेरिसले गोल गर्दै आयाक्सलाई खेलमा फर्काएका थिए । त्यसपछि दुवै टोलीले थप गोल हुन नसक्दा खेल १–१ को बराबरीमा सकिएको हो ।

यस बराबरीसँगै दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेका छन् । अब दोस्रो लेग दुबै टोलीले युभेन्ट्सको घरेलु मैदानमा १६ अप्रिलमा हुनेछ ।