चेन्‍नईको जितसँगै धोनीको कीर्तिमान

एजेन्सी । चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले कीर्तिमान बनाए पछि इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटमा रोमाञ्चक जित निकालेको छ । बिहीबार राती भएको खेलमा राजिस्थान रोयल्समाथि रोमान्चक जित निकाल्ने क्रममा धोनीले नयाँ कीर्तिमान बनाएका हुन् । उनी आइपिएलको इतिहासमा एक सय खेल जिताउने पहिलो कप्तान बनेका छन् ।

चेन्नाईले लिगको शीर्ष स्थनमा रहदै राजस्थानलाई ४ विकेटले पराजित गरेको थियो । राजस्थानले दिएको १ सय ५२ रनको मध्यम लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर उक्त लक्ष्य भेट्टायो । चेन्नईको जितका लागि कप्तान धोनी र अम्बानी रायडुले खर्धसतकीय पारी खेले ।

धोनीले ४३ बलको सामना गर्दै दुई चौका र तीन छक्का प्रहार गर्दै ५८ रन जोडे । त्यस्तै रायडुले ४७ बल खेल्दै दुई चौका र तीन छक्काको मद्दतमा ५७ रन जोडे । मिचिल सेन्टनर १० र रविन्द्र जडेजा ९ रनमा अविजित रहे । अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

राजस्थानका लागि बेन स्ट्रोक्सले २, धवन कुलकर्णी, जोफ्रा आर्चर र जयदेव उनादकटले समान एक विकेट लिए । यस अघि घरेलु मैदान जयपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन जोडेको थियो ।

राजस्थानका लागि कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । बेन स्टकले जोडेको २८ रन नै राजस्थानको सर्वाधिक रन हो । त्यस्तै जस बुट्लरले २३, श्रेयस गोपालले १९, अजिंक्या रहाणे १४, स्टिभ स्मिथ १५, रियान पराग १६, जोफ्रा आर्चर १३ र राहुल त्रिपाठ्ठीले १० रन जोडे । चेन्नईका लागि रविन्द्र जडेजा, सार्दुल ठाकुर, दिपक चाहरले समान २ तथा मिचेल सेन्टरले १ विकेट लिए ।