नेपोलीमाथी आर्सनलको २–० को जित

एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत क्वार्टरफाईनलको पहिलो लेगमा इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले सिरि ‘ए’ क्लब नेपोलीलाई पराजित गरेको छ । बिहिबार राति भएको खेलमा आर्सनलले नेपोलीलाई २–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितका लागि आरोन राम्सीले एक गोल गरे । एक गोल भने आर्सनलले आत्मघाति रुपमा उपहार पाएको थियो ।

दुबै गोल पहिलो हाफमा भएको थिए । दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरे पनि दुबै छोलीबाट कुनै पनि गोल हुन सकेनन् । खेलको १४ औं मिनेटमा आरोन राम्सीले गोल गर्दै घेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको २५ औं मिनेटमा आर्सनलले आत्मघाती गोल उपहर पायो ।

नेपोलीका कालिदै कौलीबलीले आत्मघाति गोल गरेपछि आर्सनल पहिलो हाफमा २–० ले अग्रता लियो । तर दोस्रो हाफमा थप गोल गर्न सकेन् । यस जितसँगै आर्सनलले सेमिफाइनलमा पुग्ने आफ्नो संम्भावना बलियो बनाएको छ । अब आफ्नो दोस्रो लेग १८ अप्रिलमा नेपोलीकोे घरेलु मैदानमा खेल्नेछ ।