ट्रम्पले यसो भनेपछि राष्ट्रसंघको महासभा हाँसोले गुञ्जियो

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामालाई सम्बोधन गर्दा हाँसोले सभा गुञ्जिएको छ ।

सम्बोधनका क्रममा ट्रम्पले अमेरिकाको इतिहासमै आफ्नो नेतृत्वले अन्य कसैको तुलनामा धेरै काम गरेको दावी गरेपछि सभामा हाँसो गुञ्जिएको हो । महासभामा सहभागीहरु एकसाथ हाँसेपछि ट्रम्प अलमलमा परेका थिए । तर तत्कालै मुस्काउँदै उनले परिस्थितिलाई सामान्यीकरण गर्दै भने, ‘मैले यस्तो प्रतिक्रियाको अपेक्षा गरेको थिइनँ ।’

उनले आफ्नो भनाइलाई प्रष्ट्याउँदै अगाडि भने, ‘अमेरिका यसअघि यति बलियो, धनी र सुरक्षित कहिल्यै थिएन ।’

ट्रम्पले उत्तर कोरियासँग नरम र चीनसँग कडा व्यवहारको बचाउसमेत गरे । उनले राष्ट्रवादलाई अमेरिकी नागरिकको अधिकार र स्वतन्त्रताको रक्षा गर्ने एकमात्र विकल्पका रुपमा अघि सारे । उनले विश्व स्वास्थ्य संगठनको समेत आलोचना गरे । एजेन्सी