काठमाडौंमा ‘अन्तराष्ट्रिय ब्युटी वर्कसप’

काठमाडौ । काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट क्याफेमा ‘अन्तराष्ट्रिय ब्युटी वर्कसप’ सम्पन्न भएको छ । एक्सपोज नेपालले आयोजना गरेको वर्कसपको उद्घाटन काठमाडौ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले गरेकी थिइन् ।
खड्गीले सौदर्य मानिसको ब्यक्तित्वसँग जोडिएको उल्लेख गर्दै आफ्नो ब्यक्तित्व विकाश चाहनेले न्युनतम भएपनि सौदर्यको ज्ञान राख्नु पर्ने बताइन् ।

सुरसुधा तथा तबलाबाधक सुरेन्द्र श्रेष्ठले सौदर्य सम्बन्धि अन्तर्राष्ट्रिय ब्युटि वर्कसपको महत्वबारे चर्चा गर्दै बेलाबेलामा आयोजना हुने वर्कसपले सौदर्य ब्यवसायिलाई पेसाप्रति मर्यादित बनाउन सहयोग गर्ने बताए ।

८० ब्युटिसियनको सहभागिता रहेको वर्कसप तीन दिनसम्म चलेको थियो । वर्कसपमा भारतिय मुलकी अन्तर्राष्ट्रिय ब्युटिसियन पारु पटेलले बिषेश प्रशिक्षण दिएकी थिइन् ।

अन्तर्राष्ट्रिय जगतमा सौदर्य क्षेत्रमा भएको उतारचढावबारे जानकारी गराउने उदेश्यले वर्कसप आयोजना गरिएको एक्सपोज नेपालकी सिइयो अर्चना बस्नेतले बताइन् ।

‘बिश्वबजारमा भएका सौदर्यको विकास, सौदर्यमा आएका नयाँनयाँ टेक्निक जानकारी वर्कसपमा मिल्ने छ’ बस्नेतले भनिन्, ‘आधुनिक सौदर्यतिर उन्मुख हुन यस्ता वर्कसप महत्वपूर्ण हुन्छन् ।’