मृत्युको कारण बन्नसक्छ सफ्टड्रिंक्स

अब कोक, फेन्टा, पेप्सीको बोतलमा पनि चेताबनी चिन्ह राख्न जरुरी

O डा . ललितकुमार मिश्र

गर्मी मौसम सुरु भएको छ । यतिबेला कतिपय मानिस सफ्टड्रिंक्सका पारखी नै बनेका देखिन्छन् । तर यो स्वास्थ्यका लागि हितकर भने छैन । अमेरिकन हार्ट एसोसिएशनले केही समयअघि निकालेको एक विज्ञप्तिलाई मान्ने हो भने विश्वमा प्रत्येक वर्ष एक लाख ८० हजार मानिसको मृत्यु सफ्टड्रिंक्स पिउनाले हुने गरेको छ । यो संख्या क्यान्सर र एड्स जस्ता रोगबाट हुने सम्पूर्ण मृत्युको भन्दा पनि बढि हो ।

आज विश्वभर युवामा पनि मधुमेह रोग अति नै तीव्र गतिमा फैलिइरहेको छ । पहिले यो रोग यसरी फैलिदैन थियो । यसलाई पींढिगत रोग मानिन्थ्यो । आखिर के कारण हो त ? आज मधुमेह एक महामारीको रुपमा विश्वमा फैलिँदै गइरहेको छ । यसको कारणहरुमा मोटोपन हुनु, चिन्ता, डर, मानसिक तनाव, शारीरिक परिश्रम न गर्नु, पेकंक्रियाजले काम नगर्नु वा बनेको ईन्सुलिन शरीरले उपयोग गर्न नसक्नु , उच्च रक्तचाप, वंशानुगत रुपमा आउनु आदि कारण त छदै छन ।

यसको अलावा घरमा आउने पाहुना, कार्यालयमा आउने सेवाग्राही वा साथीभाइहरु आउँदा पनि सिजनअनुसार जाडो छ भने कफी र चियाले स्वागत गर्दछौ, गर्मिको महिनामा फेन्टा, कोकाकोला, पेप्सी, मिरिन्डा, स्प्राईट, ईनर्जी ड्रिकंजस्ता पेयपदार्थले स्वागत गर्ने गरिन्छ ।

समाजमा तातो, चिसो पिउने र पिलाउने चलन नै भसकेको छ । यो सजिलो पनि छ, बनाउने झन्झट पनि छैन । एउटा सानो कोकोक, फेन्टाको बोटल पिइसकेपछि, हाम्रो शरीरको अति महत्वपूर्ण अंगहरु जस्तैः लीवर, किडनी र मुटुमा के कस्तो असर पर्दछ त।

असर:-

कुनै पनि सफ्टड्रिंक्सको सेवन गरेपछि शरीरभित्र के के हुन्छ त ? पहिलोचरण १० मिनटमा नै शरीरलाईचाहिने कुल दैनिक आवश्यकता भन्दाबढि १० चम्मच जति सुगर हाम्रो शरीर भित्र पुग्दछ । सफ्टड्रिंक्समा मौजुदरहेको फास्फोरिक एसिड नामक तत्वले यसको गुलियोपन पिउने ब्याक्तिलार्इ तत्काल महसुस हुन दिँदैन। महशुस भएको भए तुरन्तै बान्ता भइहाल्छ र सुगर बाहिर निस्किहाल्थ्यो तर फास्फोरिक एसिडको मात्रा यसमा मौजुद भएको हुनाले सेबन गर्ने व्यक्तिलाई बान्ता हुँदैन ।

दोश्रोचरणः करीब २० मिनटपछि हाम्रो शरिसले धेरैमात्रामा इन्सुलिन तिव्र गतिले बनाउन थाल्छ । फलस्वरुप व्याक्तिको ब्लड शुगरको लेवल द्रुत गतिले बढ्छ । फेरि यति शुगर पचाउनका लागि हाम्रो लिवरले ओवर लोडिंग काम गरेर यस शुगर लाईबोसोमा परिवर्तित गर्ने काम गर्नुपर्ने हुन्छ । यसरी बोसो पेटको वरिपरि जम्मा हुन्छ । जसको फलस्वरुप हाम्रो शरीर मोटो हुनथाल्छ र शरीरको तौल अस्वाभाविक रुपले बढन जान्छ ।

तेश्रोचरणः ४० मिनटपछि सफ्टड्रिंक्समा मौजूद रहेको कैफिन नामक तत्वशरीरमा अवशोषित हुन्छ । जसका कारण हाम्रो आँखा कोनानी बढि फैलिन्छ । फलस्वरुप ब्याक्तिको ब्लड प्रेशर बढ़न जान्छ । कारण मुटुमा पनि अतिरिक्त चाप ओवरलोडिंग हुनथाल्छ ।मुटुलाई अझ बढी इनर्जी दिनका लागि लिभरले बढि मात्रामा शुगर ब्लडमा पम्प गरेर मुटुको तिब्र गतिशिलता बानाई राख्न कोशिस गर्दछ ।

चौथोचरणः ४५ मिनटपछि शरीरमा डोपमाइन नामक केमिकल बन्दछ। यसले सफ्टड्रिंक्स पिउने ब्याक्तिलाई आनन्द दिने काम गर्दछ । जसको फलस्वरुप पेयपदार्थ पिएपछि मनमा एक किसिमको आनन्दको अनुभूति हुन्छ । यसप्रकार व्यक्ति यस सफ्टड्रिंक्सको आदी बन्न जान्छ । यो क्रिया यसरी नै हुन्छ जस्तैः कुनै ड्रगएडिक्ट ब्यक्तिलाई नशालु बस्तुको प्रयोग गरेपछि आनन्दको अनुभूति हुन्छ ।

पाँचौचरणः ६० मिनट पश्चात सफ्टड्रिंक्समा मौजूद रहेको फास्फोरिक एसिडले, हाम्रो शरीरको पोषणको लागि आवश्यक तत्वहरु जस्तै केल्शियम, मैग्नीशियम र जिंकलाई आन्द्रामा नै रोकेर राख्दछ । त्यसपछि केफीन नामक तत्वले यिनिहरुसँग क्रिया गरी दिशा पिशाबको साथै यी चाहिने तत्वलाई शरीरबाट बाहिर निकालदिन्छ । यसप्रकार हाम्रो शरीरको पोषण एवं बिकाशको लागि आवश्यक तत्वहरु केल्सियम, मैग्ने शियमर जिकं शरीरलाई विना कुनै फाईदा नै न पुर्याइकन निष्फल भएर जान्छन ।

छैठौंचरणः इम्पीरियल कलेज लंडनको एक रिसर्चअनुसार सफ्टड्रिंक्सको प्रत्येक बोटलको साथ टाइप २ डायबिटिज हुने खतरा २० प्रतिशतले बढ़न जान्छ । यसको कारण के हो भने सफ्टड्रिंक्समा मौजूद रहेको कैरेमल नामक रसायनतत्वले हाम्रो शरीरमा ईन्सुलिन बनाउने प्रक्रियालाई कमजोर बनाइदिन्छ ।

बराबर सफ्टड्रिंक्सको सेवन गर्दै गइयो भने एक दिन यस्तोपनि आउँछ कि हाम्रो शरीरले ईन्सुलिन बनाउन पुर्ण रुपले बन्द गरीदिन्छ । जसले गर्दा हामीलाई पनि डायबिटिज भइहाल्छ र हामी मधुमेहका रोगीहुन जान्छौ । प्रोफेसर निक वेअरहेमको भनाइ अनुसार अब समय आइसकेको छ कि सोफ्टड्रिकको बोटल प्रयोग गर्नेहरुको लागि चेतावनी स्वरुप जस्तैः सिगरेट, तम्बाकुको बट्टामा केन्सर हुन्छ भन्ने चेतावनीको चित्र दिएजस्तै सफ्टड्रिंक्सको बोटलमा पनि चित्रअकिंत लेबल लगाउन जरुरी छ ।

अतः गर्मीको सिजनमा सफ्टड्रिंक्सको बिकल्पको रुपमा हाम्रै वरीपरि थुप्रै स्रोत साधनहरु छन । जसको प्रयोग हामी सिजन अनुसार घरमै बनाएर अतिथि सत्कार गर्नसक्छौ । जस्तैः कागतीको सर्वत, चनाको सातुको शर्बत, ऊखुको रस, दहिको लस्सी, मोहि, खरबुजाको जुस आदिको सेवन गर्न र गराउन सकिन्छ । प्रकृति प्रदत्त चिजबाट कुनै किसिमको हानी हुँदैन । यसले शरीरलाई गर्मिबाट राहत दिनुका साथै शरीरलाई पनि फाईदा गर्दछ ।

(लेखकः होमियोप्याथी विशेषज्ञ हुन्)