पात्रो फेरियो, फेरिएन अवस्था

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने संकल्प गरेको एक वर्ष पूरा भएको छ। नयाँ वर्ष २०७५ सालको सुरुवातसँगै रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने सपना बाँडेका थिए।

प्रधानमन्त्री ओलीले वर्ष २०७५ भरि नै यस्ता मिठामिठा सपना देखिरहे/बाँडिरहे। तर एक वर्षअघि भित्तामा झुन्ड्याइएको पात्रो नयाँ वर्ष २०६७ को आगमनसँगै फेरियो, जनताको जीवनस्तरमा भने केही परिवर्तन आएको छैन। बाम विश्लेषक भरत दाहाल जनताको दैनिक जीवनमा परिवर्तन आउनेगरी सरकारले केही काम गर्न नसकेको बताउँछनश र आमजनताका समस्या समाधान होइन, बढेर गएका छन्,’ दाहाल भन्छन्, ‘भित्ताको पात्रो फेर्नुबाहेक जनताको जीवनमा बितेको एक वर्षमा केही परिवर्तन देखिएन।’

ओली सत्तामा आएसँगै २० वर्षपछि मुलुकमा छिनछिनमा सरकार गठन र विघटन हुने परम्परा रोकिन त रोकियो तर आर्थिक विकास र समृद्धिको ढोका खुलेन। विकासको बाधक अस्थिर सरकार हो भन्ने आमजनताको बुझाइ थियो। तर, प्रतिनिधिसभा निर्वाचनपछि दुईतिहाइ समर्थन रहेको सरकारले आर्थिक विकासको ढोका खोल्न नसक्दा जनताको बुझाइ पनि गलत साबित भयो। अहिलेको सरकार पनि विगतका गठबन्धन सरकारजस्तै दैनिक प्रशासन सञ्चालनमै सीमित छ। बितेको एक वर्षमा सरकारले आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा कुनै पनि सकारात्मक थालनी गर्न सकेको छैन। आजको नागरिक दैनिकमा २०७५ सालकाे समिक्षा गर्दै यो समाचार प्रकाशित छ ।