विराटको बेंगलोरको पहिलो जित

एजेन्सी । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा विराट कोहलिको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरले पहिलो जित निकालेको छ । शनिबार राती भएको खेलमा किङ्स इलाभेन पन्जावलाई ८ विकेटले पाजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।

पन्जावले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको बेंगलोरले १९‍.२ ओभमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । बेंगलोरका लागि कप्तान विराट कोहली र एबी डी भिलियर्सले अर्धशतकीय पारी खेले । कोहलीले ६७ रन जोडे ।

उनले ५३ बल खेल्दै ८ चौकाको मद्दतमा ६७ रन जोडेका हुन् । डी भिलियर्सले अविजित ५९ रन जोड्दा ३८ बलमा ५ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै मार्कुस स्टोईनिसले अविजित २८ रन जोड्दा अक्षर पटेलले १९ रन जोडे । पन्जावका मोहमद सामी र रविचन्द्र आश्विनले १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । पन्जावका लागि क्रिस गेलले विस्फोटक ब्याटिङ गर्दै अविजित ९९ रन बनाए पनि टोलीको जितका लागि प्रयाप्त भएन् ।

उनले ६४ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै ९९ रन जोडेका हुन् । लोकेस राहुल र मन्दिप सिंहले समान १८-१८ रन जोड्दा मायांक अग्रवाल र सफ्र्राज खानले १५-१५ रन जोडे । बेंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए ।