मेस्सीबिनाको बार्सिलोना बारबीमा

एजेन्सी । कप्तान लिया्नल मेस्सी तथा लुइस सुआरेजलाई विश्राम दिइएको खेलमा बार्सिलोनाले हुएस्कासाग बराबरी खेलेको छ । स्पेनिस ला लिगा फुटबलमा शनिबार भएको खेलमा बार्सिलोना हुएस्कासँग गोलरहित बराबरी खेलेको हो ।

आफ्ना पहिलो रोजाईका खेलाडीलाई विश्राम दिएको खेलमा दोस्रो दोजाईका खेलाडी गोल गर्न सकेनन् । खेल दौरान पाएका केही अवसर समेत सदुपयोग गर्न नसक्दा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो ।

हुएस्काविरुद्ध बार्सिलोनाले दबाब सृजना गरीरहे पनि गोल भने भएन् । यो बराबरीसँगै बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा १२ अंकले अग्रता लिएको छ । बार्सिलोनाको ३२ खेलबाट ७४ अंक छ । एट्लेटिकोको समान खेलबाट ६५ अंक छ । त्यस्तै हुएस्का २५ अंक जोडेर लिगको पुछारमा रहेको छ ।