रोनाल्डोबिनाको युभेन्टसको पराजित

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको युभेन्ट्स एसपीएलसँग पराजित भएको छ । इटालियन सिरी ए फुटबलमा शनिबार राती भएको खेलमा युभेन्ट्स एसपीएलसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

पाहुना टोली युभेन्ट्सले एसपीएलविरुद्ध सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा लिएको १-० को अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित भएको हो । खेलके ३० औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, युभेन्ट्स दोस्रो हाफमा दुई गोल खान पुग्यो । दोस्रो हाफ सुरु भएके चार मिनेट नबित्दै युभेन्ट्सले बराबरी गोल खायो । खेलको ४९ औं मिनेटमा एसपीएलका केभिन बोनिफाजीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा सेर्गियो फ्लोकारीले गोल गर्दै पाहुना टोली युभेन्टसलाई २-१ गोल अन्तरले पराजित गरे । पाजित भएपनि युभेन्ट्सले शीर्ष स्थान कायमै राखेको छ ।

युभेन्ट्सले दोस्रो स्थानको नेपोली भन्दा २० अंकको अग्रता बनाएको छ । युभेन्ट्सको ३२ खेलबाट ८४ अंक छ । युभेन्ट्सलाई हराएसँगै एसपीएल ३५ अंक जोडेर १३ औं स्थानमा उक्लिएको छ ।