बेंगलोरमाथी मुम्बईको सानदार जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ । सोमबार राती भएको खेलमा मुम्बईले बेंगलोरलाई ५ विकेटले पराजित गरेको हो ।

बेंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । मुम्बईका लागि क्विनटन डी ककले ४० रन जोड्दा हार्दिक पाण्डयाले अविजित ३७ रन जोडे । डी ककले २६ बलमा पाँच छक्का र दुई चौका प्रहार गरेका थिए ।

त्यस्तै पाण्डेले १६ बलको सामना गर्दै ५ चौका र दुई छक्का प्रहार गर्दै ३७ रन जोडेका थिए । सूर्यकुमार यादवले २३ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २९ जोडे । कप्तान रोहित शर्माले २८ र इशान किसनले २१ रन बनाए । बेंगलोरका लागि युजभेन्द्र चाहल र मोइन अलीले समान २(२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । बेंगलोरका लागि एबी डी भिलियर्स र मोइन अलीले अर्धशतकीय पारी खेले ।

डी भिलियर्सले ५१ बलको सामना गर्दै ६ चौका र ४ छक्का प्रहार गर्दै उत्कृष्ट ७५ रनको अर्धसतकीय पाी खेले पनि टोलीको जितका लागि प्रयाप्त भएन् । त्यस्तै अलीले ३२ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ५० रन बनाए ।

पार्थिव पटेलले २८ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छ्न सकेका थिएनन् । बेंगलोरका चार खेलाडी शुन्य रनमा आउट भएका थिए । मुम्बईका लाथिस मालिंगाले ४ विकेट लिए ।

जितसँगै मुम्बई ८ खेलबाट १० अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित बेंगलोर भने ८ खेलबाट २ अंक जोडेर पुछारमा यथावत रहेको छ ।