श्रीमतीको सम्झनामा मन्दिरमा भवन निर्माण

तुलसीपुर । घोराही उपमहानगरपालिका–१५ निवासी मेघबहादुर केसीले स्व श्रीमती बसन्ता केसीको सम्झनामा मन्दिर परिसरमा एककोठे भवन र प्रतिक्षालय निर्माण गरेका छन् ।

केसीले घोराही–१८ गिठेपानी, मसिनामा रहेको त्रिमूर्ति नागदेव मन्दिरमा एककोठे भवन र प्रतिक्षालय निर्माण गरिदिएका हुन् ।

श्रीमतीको नाम बचाइ राख्नका लागि सानो भए पनि सहयोग गरेको उनले बताए । उक्त भवन तथा प्रतिक्षालय दुई लाख तीन हजारको लागतमा निर्माण गरिएको हो ।

निर्माणकर्ता केसीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर विष्टलाई सो भवन तथा प्रतिक्षायल मङ्गलबार हस्तान्तरण गरेका छन् ।