काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताउँदै खुशी व्यक्त गरेका छन् । नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि उनले सामाजिक सञ्जाल ट्विटरमा खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले स्याटलाइट निर्माणदेखि प्रक्षेपणको कार्यसम्म संलग्न सबै वैज्ञानिकहरुलाई बधाइ समेत दिएका छन् । वैज्ञानिकहरुको यस कार्यले नेपालको प्रतिष्ठामा थप वृद्धि भएको उनले उल्लेख गरेका छन् ।
बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनियाबाट झण्डै एक किलो तौलको नेपालको भूउपग्रह ‘नेपालीस्याट–१’ अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । नेपाली भू–उपग्रह निर्माणमा जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्के नेतृत्वको टोली संलग्न थियो ।
Though a humble beginning, with the launching of NepaliSat-1 Nepal has entered the Space-Era. I wish to congratulate all those scientists and institutions that were involved right from the development to its launching thereby enhancing the prestige of our country. pic.twitter.com/PpF1PIcQfa
— K P Sharma Oli (@kpsharmaoli) April 18, 2019