आशिफ र रेश्माको ‘हेरन कान्छी’

काठमाडौं । गायिका मेलिना राई र राज खम्बुको स्वर रहेको गीत ‘हेरन कान्छी’ बजारमा आएको छ । दिपक शर्माले संगीत भरको गीतका शब्द दिनेश सुबेदिले लेखेका हुन् ।

आशिफ शाह र रेश्मा घिमिरेले गीतको भिडियोमा अभिनय गरेका छन् । भिडियो राजिव समर र शिशिर खातीले कोरियोग्राफी गरेका हुन् । शान थापाको निर्देशन रहेको गीतका निर्माता अंशु राई हुन् ।

कमेडी र रोमान्सलाई मिसाएर बनाइएको गीतको भिडियोले दुइ प्रेमीले जवानीको कथालाई प्रस्तुत गरिएको छ ।