कोहलीको शतकमा बेंग्लोर विजयी

एजेन्सी । कप्तान विराट कोहलीले सतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग ९आइपिएल०मा दोस्रो जित निकालेको छ । शुक्रबार राती भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै बेंगलोरले प्रतियोगितामा दोस्रो जित निकालेको हो ।

बेंगलोरले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको कोलकातो निर्भारित २० ओरभमा ५ विकेट गुमाएर मात्र २ सय ३ रन बनाउन सक्यो । खराव सरुवात गरेको कोलकत्ताका लागि नितिस रानाले अविजित रहदै ८५ रन जोडेपनि टोलीको जितका लागि प्रयाप्त हुन सकेन् ।

उनले ४६ बल खेल्दै ९ चौका र ५ छक्का प्रहरा गरे । त्यस्तै आन्द्रे रसेलले ६५ रनको अर्धशतकीय पारी खेले । उनले २५ बलको सामना गर्दै २ चौका र ९ छक्काको मद्दतमा ६५ रन जोडेका हुन् । सुनिल नारिने १८ रनमा आउट भए । बेंगलोरका डेल स्टेनले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । बेंगलोरका लागि कप्तान विराट कोहलीले १०० रनको शतकीय पारी खेले ।

कोहलीले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै शतक पुरा गरेका हुन् । यस्तै मोइन अलिले २८ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६६ रनको अर्धशतकीय पारी खेले । कोलकाताका कुलदिप यादव, आन्द्रे रसेल, ह्यारी गुर्नी र सुनिल नारिनले एक एक विकेट लिए ।