मेस्सी च्याम्पियन्स लिगको ‘प्लेयर अफ दि विक’

एजेन्सी । बार्सिलोना कप्तान लियोनल मेस्सीले यस साता च्याम्पियन्स लिगको ‘प्लेयर अफ दि विक’ अवार्ड जितेका छन् । उनको यस साता च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन रहेकाले साताको यत्कृष्ट खेलाडी अवार्ड जितेका हुन् ।

बार्सिलोनालाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्योउन मेस्सी महत्वपूर्ण भुमिका खेलेका खेलेका थिए । क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पराजित गर्न मेस्सीले दुई गोल समेत गरेका थिए ।

उक्त खेलमा मेस्सीको प्रदर्शन उत्कृष्ट रहेको थियो । अब बार्सिलोनाले १ मे मा च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेग इंग्लिस क्लब लिभरपुलसँग खेल्दै छ । उक्त बार्सिलोना र लिभरपुलबीचको पहिलो लेग खेल बार्सिलोनाको घरेलु मैदानमा हुने छ ।

त्यस्तै लिभरपुलको घेरेलु मैदानमा बार्सिलोनाले ७ मे मा खेल्ने छ । लिभरपुल गत सिजन अर्को स्पेनिस ला लिगा क्लब रियल मड्रिडसँग फाइनलमा पराजित भएको थियो ।