श्रेयस र धवनको अर्धसतकमा दिल्ली विजयी

एजेन्सी । कप्तान श्रेयस अयर र शिखर धवनको अर्धसतकमा दिल्ली क्यापिटल्स विजयी भएको छ । शनिबार राती भएको रोमाञ्चक खेलमा दिल्लीले किङ्स इलाभेन पन्जाबलेलाई ५ विकटले पराजित गरेको हो ।

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलेको प्रपर्दशन पनि उत्कृष्ट रहेको थियो । सन्दीपले उक्त खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो ।

पन्जाबले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको दिल्लीले १९.४ ओभरमा मात्र ५ विकेट गुमाएर उक्त लक्ष्य भेट्टायो । दिल्लीको जितमा कप्तान श्रेयस आयरले अविजित ५८ रनको अर्धसतकीय पाी खेले ।

उनले ४९ बल खेल्दै ५ चौका र एक छक्क्का प्रहार गरेका थिए । त्यस्तै धवनले ५६ रनको महत्वपूर्ण पारी खेले । उनले ४१ बलको सामना गर्दै ७ चौका र एक छक्काको मद्दतमा ५६ रन जोडे । कोलिन इन्ग्रामले १९ रन बनाउदा पृथ्वी शले १३ रन बनाए । पन्जाबका हार्डुस भिलजोइनले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभर ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । पन्जाबका लागि क्रिस गेलले सर्वाधिक ६९ रनको अर्धशतकीय पारी खेले पनि टोलीका जितका लागि प्रयाप्त भएन् ।

उनले ३७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ६९ रन जोडेका हुन् । त्यस्तै मन्दिप सिंहले ३०, हरप्रित बरारले २०, रविचन्द्र आसिवनले १६ र केएल राहुलले १२ जोडे । पन्जाबविरुद्ध सन्दीपले चार ओभरमा ४० रन खर्चेर ३ विकेट लिए ।

यस्तै कागीसो राबडा र अक्षर पटेलले २-२ विकेट लिए । दिल्लीले १० खेलमा १२ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । पराजित पन्जाब १० खेलबाट १० अंक सहित चौथो स्थानमा छ ।