बार्सिलोना ला लिगाको उपाधि नजिक

एजेन्सी । स्पेनिस महारथी क्लब बार्सिलोना ला लिगा फुटलबको उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा रियल सोसिडाडलाई पराजित गरेसँगै बार्सिलोना लिगको उपाधि नजिक पुगेको हो ।

घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलानाले सोसिडाडलाई २-१ ले पराजित गरेको हो । बासिलोनाको जितमा क्लेमेन्ट लेङ्गलेट र जोर्डी अल्बाले एक एक गोल गरे । यता सोसिडाडका लागि जुआनमीले एक गोल फर्काए ।

पहिलो हाफको अन्तिम मिनेटमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । ४५ औं मिनेटमा क्लेमेन्टले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १(० को अग्रता दिलाए । दोस्रो हाफमा एक गोल थप्ने क्रममा घरेलु टोलीले एक गोल खाएको थियो ।

खेलको ६२ औं मिनेटमा सोसिडाडका जुआनमीले गोल गर्दै खेल बराबरी ल्याए । तर, त्यसको दुई मिनेट नबित्दै घरेलु टोलीका लागि अल्बाले गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए ।

पाँच खेल बाँकी रहँदा अब बार्सिलोनाले दुई खेलमा मात्र जित निकाले उपाधि जित्ने छ । बार्सिलोनाले लिगमा दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा ९ अंकको अग्रता बनाएको छ ।