रेश्मा बनिन् ‘मिस नेपाल पिस’

काठमाडौंं । काठमाडौ किर्तिपुरकी २२ वर्षीय रेश्मा प्रसार्इं ‘मिस नेपाल पिस २०१९’ (मिस नर्स) बनेकी छन् । उनी छैठौ संस्करणको उपाधि चुम्न सफल भएकी हुन् । रेश्मा ओम हेल्थ कलेज चाबहिलकी बिएससी नर्सिङकी पास आउट बिद्यार्थी हुन् ।
शीर्षसहित ब्युटी विथ ब्रेनको उपाधि समेत हात पारेकी प्रसाईंले २५ प्रतियोगिलाई पछि पारेकी हुन् । उनले नगद ५० हजार सहित बिभिन्न उपहार पाएकी छिन् ।

शनिबार अबेर साँझ काठमाडौंमा सम्पन्न प्रतियोगितामा ट्यालेन्ट उपाधि सहित रोशनी शाही फस्ट रनर अप र फोटोजेनिक उपाधि सहित आकृति मानन्धर सेकेन्ड रनर अप घोषित भए । दुबैले क्रमश नगद ३० हजार र २० हजार सहित भिबिन्न गिफ्ट हात पारे ।
नर्सिङ पेशामा संलग्न नर्सहरुको व्यवसायिक जीवनलाई समाज सामू साक्षात्कार गराएर उनीहरुको व्यक्तित्व, प्रतिभा र रुचिलाई फरक प्लेटफर्म दिंदै स्वास्थ्य सचेतनाको आवश्यकतालाई व्यक्त गर्ने उद्देश्य अनुरुप ‘मिस नेपाल पिस’ आयोजना गरिँदै आएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले जनाएको छ ।