शिक्षामन्त्री राजीनामा देऊ : डा केसी

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक–पटक अनसन बस्दै आएका डा गोविन्द केसीले शिक्षमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् । मन्त्री पोखरेलले चिकित्सा शिक्षा विधेयक ल्याउन अवरोध गरेको आरोप लगाउँदै सत्याग्रही डा केसीले उनको राजीनामा माग गरेका हुन् ।

डा केसीले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पूर्वसहमतिअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले विधेयक संसदमा नलगेको भन्दै नैतिकताका आधारमा पदबाट राजीनामा दिनु पर्ने जिकिर गरे ।

उनले मन्त्री पोखरेललाई जनतामुखी नभएर माफियामुखी ऐन ल्याउन लागेको आरोपसमेत लगाए । डा केसीले आफ्ना मागको सुनुवाई नभए फेरी बिनाजानकारी १६औं अनशन सुरु गर्न बाध्य हुने बताए ।