बेन्जेमाको ह्याट्रिकमारियल विजयी

एजेन्सी । रियल मड्रिड स्ट्राइकर करिम बेन्जेमाको ह्याट्रिकको मद्दतले स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । आइतबार राती भएको खेलमा एट्लेटिको बिल्बाओलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलम रियलले पहिलो हाफ गोल रहित बराबरी खेलेको थियो । दोस्रो हाफ सरु भएको दुई सनेट नबित्दै बेन्जेमाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्ब पारे । खेलको अन्तिम मिनेटमा बेन्जेमाले ह्याट्रिक पुरा गर्दै रियललाई महत्वपूर्ण तीन अंक दिलाए ।

उक्त बिल्बाओसँगको खेलमा बेन्जेमा एक्लै नयाक बने । बेन्जेमाले जारी सिजनको ला लिगमा ३३ खेल खेल्दै २१ गोल गरेका छन् । गत सिजन उनले ला लिगाका ३२ खेलमा मात्र पाँच गोल गरेका थिए ।

यस सिजन सबै खाले ५० खेलमा ३० गोल गरेका छन् । यसजितसँगै रियलले लिगको तेस्रो स्थानमा ३३ खेलबाट ६४ अंक जोडेको छ । पराजित बिल्बाओ ४६ अंक जोडेर सातौं स्थानमा छ ।