विजुलीसँगै पोखरी वासिको बलेको खुशी

डोटी । सदियौदेखि अन्धकारमा बस्दै आएका पूर्विचौकी गाउँपालिका– ७ पोखरीका वासिन्दा गाउँमा विजुली आएपछि खुशीले दंग छन् । राष्ट्रिय प्रसारण लाइनबाट विजुली आएपछि पोखरीका १५० घर झलमल्ल भएका छन् । योसँगै विद्यार्थी, व्यापारीलगायत सबैमा खुशीयाली छाएको छ ।

सोमबारबाट आएको विजुलीको उद्घाटन एक समारोहका बिच नेपाली कांग्रेस डोटी जिल्ला कार्यसमिति सदस्य कुवेरबहादुर खड्काले गरेका थिए । उनले विजुलीको उद्घाटन गर्दै अहिले गाउँपालिकाका १५० घर झिलिमिलि भएपनि विस्तारै अन्य घरधुरीमा पनि विजुली पु-याइने बताए । त्यसका लागि आफू र आफ्नो पार्टीले भरपूर प्रयास गर्ने उनको भनाई थियो ।

उनले नेपाली कांग्रेसका नेन्द्रीय सदस्य एवम् पूर्व मन्त्री विरबहादुर बलायरले नयाँ वर्षमा उक्त गाउँमा विजुली बाल्ने घोषणा गरेको र सोही अनुरुप विजुली पु-याइएको बताए ।

स्थानीय व्यापारी राज बहादुर बडैलाले गाउँमा विजुली पुगेसँगै व्यापार व्यवसायमासमेत टेवा पुग्ने बताए । उनले विजुली आएपछि मिलबाट कु्टानी पिसानी गर्नसमेत सहज हुने प्रतिक्रिया दिए ।

स्थानीय बुद्धिजिवी तुलाराम खड्काले विजुली आएसँगै विद्यार्थीहरुको पठन पाठनमा सहज हुनुका साथै टेलिभिजन लगायतका सञ्चार माध्यमको पहुँचमा सहजता हुने विश्वास व्यक्त गरे । ‘हामीले अन्धकारमा नै जीवन विताउनु प¥यो’, उनले भने, ‘छोरा नातिले भने अब त्यो दुःख भोग्नु पर्ने छैन। आफ्नै पालमा गाउँमा झलमल्ल विजुली बलेको देख्दा खुशी लागेको छ ।