भूकम्पको स्मृति

काठमाडौं । २०७२ सालमा गोरखाको बारपाकमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पको स्मृति सभा काठमाडौंमा गरिएको छ । गोरखा भूकम्पको स्मृतिका अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा बसन्तपुर क्षेत्रमा स्मृति सभा गरिएको हो । सभाको प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली ।

स्मृति सभापछि प्रधानमन्त्री ओलीले बसन्तपुर दरबार क्षेत्रमा पुनर्निर्माण भइरहेका काष्ठमण्डप, नौतले दरबारलगायतका संरचनाको अवलोकन गरे । स्मृति सभाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित पुनर्निर्माण भइरहेको त्रिपुरा सुन्दरी मन्दिरको अवलोकन गरेका थिए ।