नेपालका नौ मोडल फेस अफ साउथ एशियामा

काठमाडौंं । मोडलहरूको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘द फेस अफ साउथ एशिया’मा नेपालका नौ मोडल सहभागी भएका छन् । २५ अप्रिलदेखि २७ अप्रिलसम्म भारतको पुनामा आयोजना हुने प्रतियोगिताका लागि नेपाली मोडल बुधबार साँझ भारत प्रस्थान गरेका हुन् ।

‘द फेस अफ साउथ एशिया’ एशियाको फेसन जगतकै प्रतिष्ठित प्रतियोगिता मानिन्छ । प्रतियोगितामा आशिष केसी, मसिष सुवेदी, पोषण शर्मा, शासोत शाही, राघव अग्रवा, रुविष्का श्रेष्ठ, निर्मला न्यौपाने, थिन्ले ल्हामे र सुष्मिता थापा सहभागी छन् ।

नेपाल, भारत, श्रीलंका र अरबिया लगायत एसिया भरिका देशका उत्कृष्ट मोडलको प्रतिस्पर्धा रहने कार्यक्रममा हरेक देशबाट सहभागी मध्य एकलाई राष्ट्रको नाम जोडेर फेस अफ द देश घोषणा गर्ने गरिन्छ ।

यस प्रतियोगिताबाट छानिएका उत्कृष्ट एक महिला र एक पुरुस मोडल कोरियामा आयोजना हुने ‘एशिया मोडल फेष्टिभल’मा सहभागी हुनेछन् । बिगतमा भन्दा यो बर्ष अझ बृहतर रुपमा प्रतियोगिता आयोजना हुन लागेको हो ।