‘मन्द–मन्द’मा बिनय, प्रमोद र रबिन्द्र

काठमाडौं । सस्पेन्स कथामा ‘मन्द–मन्द’ नामक फिल्म निर्माण हुने भएको छ । राजबहादुर सानेको लेखन र निर्देशनमा बन्ने फिल्ममा बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भएका छन् । केही कलाकार छनौटको चरणमा छन् ।

रुद्राक्ष फिल्मस्को ब्यानरमा रुद्र खनाल कार्यकारी निर्माता रहेको फिल्मको सुटिङ बैशाख तेश्रो साताबाट सुरु गरिदैछ । टेकराज रेग्मी र कमल गिरी निर्माता रहेको फिल्म काठमाडौ, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट हुँदै जुम्ला र मुगुका बिभिन्न स्थानमा खिचिने जानकारी निर्देशक सानेले दिए ।

दिब्यराज सुबेदीले खिच्ने फिल्मका गीतको कोरियोग्राफर रामजी लामीछाने छन् । ‘मन्द–मन्द’ मा नेपाली समाजमा बिद्यमान बेथितिको बिषयलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिने निर्देशक साने बताउछन् ।