मौका परे कम्युष्टि सरकार सिंहदरबार कार्यकर्ताको नाममा गर्छः काँग्रेस नेता महर

काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष एवम् कांग्रेस नेता नैनसिंह महरले कम्युनिष्ट सरकारले काठमाडौं महानगरपालिका र जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनीसँगको मिलेमतोमा बालुवाटार बिक्रीदेखि खुलामञ्च अतिक्रमण र सिंहदरबार समेत बेच्ने प्रपञ्च रचेको आरोप लगाए ।

शुक्रबार राजधानीमा ओजित एक कार्यक्रममा बोल्दै नेता महरले खुलामञ्चमा ४४ व्यापारिक सटर बनाइनु र त्यसमा सरकारले कुनै प्रतिक्रिया नजनाउनुले सरकारको संलग्नता रहेको प्रस्ट भएको बताए ।

महानगरले सुविधासम्पन्न काठमाडौं भ्यु टावर निर्माण गर्ने भन्दै बसपार्कलाई ०७३ वैशाखमा दुई वर्षका लागि खुलामञ्चमा सारेको थियो । निर्माण कम्पनि र काठमाडौं महानगरपालिकाबीच भएको सम्झौतामा खुलामञ्चमा निर्माण गरिने अस्थायी बसपार्कमा तीन बस काउन्टर, तीन यात्रु प्रतीक्षालय, एक सार्वजनिक शौचालय र एउटा क्यान्टिन निर्माण गर्ने उल्लेख भएपनि निर्माण कम्पनीले सम्झौताको उलंघन गर्दै ४४ भन्दा धेरै व्यापारिक सटर बनाएर भाडामा लगाएको महरको भनाइ छ ।

‘कम्युनिस्ट सरकार जनताको अभिभावक बन्न सकेन । दुईतिहाईको तम्भमा यो त भूमाफिया, बलात्कारी, अपराधिको संरक्षण मात्र बनेको छु, उनले भने, ुयस्तो सरकारबाट जनताले के अपेक्षा गर्ने ?’ अब सरकारविरुद्ध जनताले सडकमा उत्रिने बेला आएको उनले बताए ।

कम्पनीले अहिले तीन लाखदेखि १२ लाख रूपैयाँ सलामी रकम लिएर प्रति सटर लाखौंमा भाडामा लगाएको आफूले सुनेको बताउँर्द त्यो कांग्रेसका लागि सैह्य नहुने बताए । ‘यो देशमा कानुन छ । कानुन अनुसार सबै चल्नु पर्छ’, नेता महरले भने, ‘तर, सरकारले कानुनको धज्जी उडाएर आफूलाई कानुन भन्दा माथि ठानिरहेको छ । यही तरिकाले सरकार अगाडि बढ्ने सोच बनाएको भए उनले दिनगन्ती सुरु गर्न पनि चेतावनी दिए ।

कार्यकर्ता पोस्न कम्युनिस्ट सरकार दाउपरे सिंहदरबार पनि आफ्ना कार्यकर्ताको नाममा गर्न सक्ने भन्दै नेता महरले जनतालाई चनाखो हुन आग्रह गरे । उनले प्रतिपक्षमा रहेको काँग्रेस अब रमिते बनेर बस्ने दिन नभएको भन्दै कडा र ठोस कदम चाल्ने बताए ।