यू-१९ एसिया कप : भारतसामु नेपाल फराकिलो रन अन्तरले पराजित

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा शनिबार भारतसामु नेपाल फराकिलो रन अन्तरले पराजित भएको छ । आफ्नो पहिलो खेल भारतसँग खेलेको नेपाल १७१ रनको फराकिलो अन्तरले पराजित भएको हो।

भारतले दिएको ३०५ रनको लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा सबै विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान आसिफ शेखले २५, रोहितकुमार पौडेलले २४ र सन्दिप जोराले २० रन बनाए । ७ ब्याट्सम्यनले दोहोरो अंक नै जोड्न सकेनन् ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा ३ सय ४ सय रन जोडेको थियो । भारतका लागि ओपनिङ ब्याट्सम्यान यशस्वी जैसवालले सर्वाधिक १ सय ४ रनको शतकिय पारी खेले ।

त्यस्तै भारतको जितका लागि सिम्रन सिंहले ८२, आयुस बदोनीले ३३, देवदत्त पादिकलले ३०, मोहीत जनग्राले २०, कप्तान पभन शाहले १३ र अजय गंगापुरामरले १० रनको योगदान दिए ।

नेपालका लागि भिम सार्कीले ४, रसिद खानले २ तथा कमलसिंह ऐरी, सागर ढकाल र सन्दिप जोराले समान एक–एक विकेट लिएका थिए ।