मातातीर्थ औंशीका अवसरमा मेगा बैंकको अफर

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले मातातीर्थ औंशीको अवसरमा ग्राहकलाई खास अफर ल्याएको छ ।

सम्पूर्ण आमाहरूको सम्मानमा मेगा बैंकले मेगा बैंकको केन्द्रीय कार्यालय रहेको राइजिङ मलमा सपिङ गर्न चाहने ग्राहकलाई विशेष अफर ल्याएको हो ।

फोन पे मोबाइल एपको क्यूआर कोड स्क्यान गरेर मेगा स्मार्ट बैंकिङ (कार्ड) मार्फत सपिङ गर्ने ग्राहकलाई बैंकले १० प्रतिशतसम्मको छुट वा बढीमा एक हजार रुपैँया छुटको व्यवस्था गरेको हो ।

यो अफर बैशाख १५ गते आइतबारदेखि मातातीर्थ औंशीका दिन बैशाख २१ गतेसम्म रहनेछ । साताब्यापी अफरबाट लाभ लिन ग्राहकलाई बैंकले आह्वान गरेको छ ।