ह्याप्पी पर्थ डे सनसाइन : आलिया

कपुर खानदानमा २८ सेप्टेम्बर १९८२ मा बलिउड अभिनेता रणवीर कपुरको जन्म भएको थियो । यसपटक उनले आफ्नो ३६ औं जन्मदिन मनाए । रणवीरलाई परिवार, साथीभाइ, फ्यान सबैले जन्मदिनको शुभकामना दिए । यसमा पनि एउटा जन्मदिनको शुभकामना भने रणवीरका लागि खास रह्यो । उनलाई उनकी गर्लफ्रेण्ड आलिया भट्टले रोमानिटक शैलीमा जन्मदिनको शुभकामना दिएकी छिन् ।

आलियाले सामाजिक संजालमा एक तस्बिर पोस्ट गर्दै आलियाले रुणवीरलाई जन्मदिनको शुभकामना दिइन् । उक्त फोटोमा रणवीरको अनुहारमा धुप छ र आलियाले लेखेकी छिन्, ‘ह्याप्पी बर्थडे सनसाइन !’

आलियाले तस्बिर सेयर गरेर रोमान्टिक क्याप्सन लेखेपछि फेरि उनीहरुबीचको सम्बन्धलाई लिएर बलिउडमा चर्चा सुरु भएको छ । रणवीरको जन्मदिनको बिहानै रणवीरकी आमा नितु कपुरले पनि तस्बिर सेयर गर्दै छोरालाई जन्मदिनको शुभकामना दिएकी थिइन् ।

नितुले सेयर गरेको तस्बिरमा नितु कपुर, रणवीर कपुर, आलिया भट्ट र आलियाकी आमा पनि छन् । यसपछि बलिउडमा उनीहरुको सम्बन्धलाई लिएर अनेक ढंगबाट बहस भइरहेको छ ।