नेपालले छनोटको अन्तिम खेल म्यानमारसँग खेल्दै

काठमाडौं । नेपाली महिला यू-१९ फुटबल टोलीले म्यानमारमा जारी एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा आफ्नो अन्तिम खेल खेल्दै छ । नेपाललले छनोटको अन्तिम खेल आज ९मंगलबार० आयोजक म्यानमारसँग नै खेल्न लागेको हो ।

सुरुवाती दुई खेल गुमाएको नेपाला लागि यो खेल एक प्रतिस्ठाका लागि मात्र रहेको छ । खेल नेपाली समय अनुसार ३:१५ बजे सुरु हुनेछ । सुरुवाती दुई खेल गुमाएको नेपाल आयोजक म्यनमारलाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ ।

तर, बलियो टोली म्यनमारलाई पराजित गर्न भने नेपाललाई मुस्कित पर्ने छ । यता म्यानमार नेपाललाई पाजित गर्दै अर्को चरणमा पुग्न चाहन्छ । सुरुवाती दुई खेलमा जित निकालेको म्यानमार ३ अंक जोडेर दोस्रो स्थानमा छ ।

यसअघि नै नेपालको अर्को चरण पुग्ने सम्भावना समाप्त भैसकेको छ । छनोटको पहिलो खेलमा अष्ट्रेलियासँग ११-१ को फराकिलो अन्तले पराजित भएको नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसँग ४-० गोल अन्तरले पराजित भएको थियो । छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।