भिमफेदी गाइजको ‘ओके छ त’मा सोल्टिनी एलिशा

काठमाडौं । ‘नानीको कहाँ पर्यो घर, नाम के हो के पर्यो है थर’ बोलको गीतको सफलतापछि गायक आशुसेन लामाको नयाँ गीत सार्वजनिक भएको छ । गायक लामाकै शब्द संगीतमा ‘ओके छ त नी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

चर्चित डान्स ग्रुप भिमफेदी गाइज र मोडल एलिशा राईको रमाइलो एवम् आकर्षक नृत्यले भिडियो आकर्षक बनेको छ । भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको भिडियो हो । भिडियो सम्पादन तथा क्यामेरा पवन शुस्लिङको छ ।

‘हामीले यो गितमा एउटा सुन्दर भिडियो बनाउने प्रयास गरेका छाँै’, गीतबारे बोल्दै भिमफेदी गाइजले ओके छ तलाई मन राउनेमा विश्वस्त गरेको छ ।