चेन्‍नईसँग दिल्ली पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटमा दिल्ली क्यापिटल्स चेन्नई सुपर किंग्ससँग पराजित भएको छ । बुधबार राती भएको खेलमा दिल्ली चेन्नईसँग ८० रनले पराजित भएको हो ।

चेन्नईको घरेलु मैदान चिदामबराम क्रिकेट स्टेडियममा घरेलु टोलीले दिएको १ सय ८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले १६.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९९ रन बनाउन सक्यो ।

दिल्लीका लागि कप्तान श्रेयस एयरले ४४ तथा शिखर धवनले १९ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले चेन्नईका बलर सामु खुलेर खेल्न सकेनन् । श्रेयसले ३१ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरेका थिए । चेन्नईका लागि इमरान ताहिरले ४ तथा रबिन्द्र जडेजाले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । चेन्नईका लागि सुरेश रैनाले ५९ रनको अर्धशतकीय पारी खेले । उनले ३७ बलको सामना गर्दै ८ चौका र १ छक्का प्रहार गर्दै ५९ रन जोडेका थिए ।

त्यस्तै कप्तान महेन्द्र सिंह धोनी ४४ रनमा अविजित रहे । उनले २२ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरेका थिए । ४१ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै फाप डु प्लेसिसले ३९ रन बनाए । रविन्द्र जडेजाले २५ रन बनाए । दिल्लीका जगदीश सुचिथले २ विकेट लिए ।