बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुललाई पराजित गरेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लिभरपुललाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु टोलीलाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गर्दा लुइस स्वारेजले एक गोल गरे । खेलको पहिलो हाफमा १–० ले अघी रहेको घरेलु टोलीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । खेलको २६ औं मिनेटमा स्वारेजको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । च्याम्पियन्स लिगमा सिजनको पहिलो गोल गरेका स्वारेजले जोर्डी अल्बाको पासमा उत्कृष्ट गोल गरेका हुन् ।

त्यसपछि दोस्रो हाफमा थप दुई गोल गर्दा दुबै गोल क्पतान मेस्सीले गरे । उनले खेलको ७५ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । त्यसपछि खेलको ८२ औं मिनेटमा व्यक्तीगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पहिलो लेगमा ३–० को सानदार जित दिलाए ।

यस जितसँगै बार्सिलोनाले आफ्नो फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेग लिभरपुलको घरेलु मैदान एनफिल्डमा मार्च ७ तारीख हुने छ ।