उदासको अन्तिम सत्य

काठमाडौं । मुक्तककार उदास कार्कीको मुक्तक संग्रह ुअन्तिम सत्यु लोकार्पण गरिएको छ । काठमाडौंमा दियालो साहित्य सरगमको आयोजनामा साहित्यकार तुलसी दिवशको प्रमुख आतिथ्यता र ज्ञानुवाकर पौडेल, वियोगी वुढाथोकी, रमेश पौडेल, रेणुका थापा, आनन्द ब गुरुङ्ग, पुष्प अधिकारी ुअञ्जलीुलगायतको आतिथ्यतामा संग्रह विमोचन भएको हो ।

शान्ती शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताले बोलेका थिए । २०४० सालदेखि लेखनयात्रा शुरुआत गरेका कार्कीको पहिलो रचना २०४७ सालमा प्रकाशित भएको थियो । उनको पहिलो मुक्तक संग्रह उदास मन २०७० सालमा प्रकाशित भएको थियो । दोस्रो मुक्तक संग्रहका रुपमा अन्तिम सत्य दियालो साहित्य सरगमवाट प्रकाशित भएको हो ।