मुम्बई आइपिएलको प्ले अफमा प्रवेश

एजेन्सी । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । बिहिबार भएको खेलमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बईले प्ले अफमा स्थान बनाएको हो ।

मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६२ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा हैदरावादले २ विकेट गुमाएर ८ रन जोड्दै मुम्बईलाई ९ रनको लक्ष्य दिएको थियो । जवाफमा मुम्बईले विना विकेटको क्षतिमा ३ बलमा लक्ष्य पुरा गर्यो । राशिद खानको बलिङमा मुम्बईका हार्दिक पाण्डयाले एक छक्कासहित ७ रन जोडे ।

सुपर ओभरमा जानुअघि हैदरावादका मनिस पाण्डेले अविजित ७१ रन जोडेका थिए । उनले ४७ बलमा ८ चौका र २ छक्का पहार गर्दै ७१ रन जोडेका थिए । मोहमद नाबीले २० बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३१ रन जोडे । त्यस्तै रिद्दिमान साहले २५, मार्टिन गुप्तीलले १५ र विजय संकरले १२ रन जोडे । मुम्बईका जस्प्रित बुम्राह, हार्दिक पाण्डया र कुर्नाल पाण्डयाले दुई दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । मुम्बईका लागि क्विनटन डी ककले अविजित रहदै ६९ रनको अर्धशतकीय पारी खेले ।

उनले ५८ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे । कप्तान रोहित शर्माले १८ बलमा ४ चौका प्रहार गर्दै २४, सूर्यकुमार यादवले १७ बलमा ३ चौका र १ छक्का प्रहर गर्दै २३ रन जोडे । त्यस्तै हार्दिक पाण्डेयले १८ र पोलार्डले १० रन जोडेका थिए । हैदरावादका खलिल अहमेदले ३ विकेट लिए ।