युरोपा लिग : चेल्सी बराबरीमा रोकियो

एजेन्सी । युईएफए युरोपा लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सी बाबरीमा रोकिएको छ । बिहिबार राती भएको खेलमा चेल्सी जर्मन क्लब आइनट्रायच फ्रान्कफर्टसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

आइनट्रायचका लागि लुका जोभिचले गोल गर्दा पाहुना टोली चेल्सीका लागि पेड्रोले बरारबी गोल फर्काएका थिए । खेलको २३ औ मिनेटमा पछि परेको पाहुना टोली चेल्सीले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो ।

घरेलु टोलीका लागि लुका जोभिचले गोल गर्दै अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्तिम मिनेटमा चेल्सीका पेड्रोले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलको दोस्रो हाफमा भने कुनै गोल हुन सकेन् । दोस्रो हाफमा दुबै टोलीबाट कुनै थप गोल हुन नसक्दा खेल १–१ को बराबरीमा टुङ्गीएको हो ।

यस बराबरीसँगै दुबैटोलीले फाइनल पुग्ने सम्भावना जिवितै राखेका छन् । अब दोस्रो लेग चेल्सीको आफ्नो घरेलु मौदनमा अर्को हप्ता खेल्ने छ ।