कोलकाताको प्लेअफ पुग्ने सम्भावना बाँकी, पन्जाब बाहिरियो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकत्ता नाईट राईडर्सले किंग्स ईलेभेन पञ्जाबलाइपराजित गरेको छ । शुक्रबार राति भएको खेलमा कोपकाताले पञ्जाबलाई ७ विकेटले पराजित गरेको हो ।

पन्जाबले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको कोलकाताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । कोलकाताका लागि सुभम गिलले अविजित ६५ रनको अर्धसतकीय पारी खेले । उनले ४९ बल मा ५ चौका र २ छक्का प्रहार गर्दै ६५ रनको अर्धसतकीय पारी खेलका हुन ।

त्यस्तै क्रिस लिनले ४६ रन बनाए । आक्रमक ब्याटिङ प्रस्तुत गरेका उनले मात्र २२ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन जोडे । आन्द्रे रसेलले २४ र रोबिन उथप्पा २२ रनमा आउट हुँदा कप्तान दिनेश कार्तिक २१ रनमा अविजिति रहे । पन्जाबका लागि मोहमद सामी, रभिचन्द्र आसिवन र आन्द्रे टाइले एक एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धाति २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । पञ्जाबका लागि साम कुरानले अविजित ५५ रन जोडे पनि टोलीको जितका लागि प्रयाप्त हुन सकेन् । उनले २४ बलमा ७ चौका र २ छक्का पहार गर्दै ५५ रनको अर्धसतकीय पारी खेले ।

२७ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै निकोलस पोरानले ४८ रन जोडे । मायाङ्का अग्रवालले ३६, मन्दीप सिंहले २५ र त्रिलस गेलले १४ रन जोडे । कोलकाताका सन्दीप वारियरले २ तथा ह्यारी गुर्ने, आन्द्रे रसेल र नितिस रानाले एक एक विकेट लिए ।

जितपछि कोलकत्ताले अघिल्लो चरण पुग्ने सम्भावनालाई जिवितै राखेको छ । पञ्जाब प्रतियोगिताबाट बाहिरिएको छ । समुह चरणमा एक खेल हुन बाँकी छ । कोलकत्ता र सनराइजर्स हैदरावादको प्लेअफमा पुग्ने सम्भावना बाँकी छ । प्रतियोगितामा चेन्नेई सुपर किंग्स, मुम्बई ईन्डियन्स र दिल्ली क्यापिटल्स प्लेअफमा प्रवेश गरेका छन् ।